काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज शुक्रवार पनि भेटवार्ता हुने भएको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउपुर्जी जारी भएपछि दहालर ओलीबीच भेटवार्ता बाक्लो बन्न थालेको छ ।
हिजो बिहीबार पनि दुई नेताबीच यही विषयमा भेटवार्ता भएको थियो । आज पनि अपरान्ह ३ बजे भेटवार्ताका लागि सयम तय भएको छ । बिहीबारको भेटवार्तामा अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढंगले फसाउन खोजिएको त होइन? भन्ने खालको आशंकाव्यक्त गरेका थिए ।
प्रतिक्रिया