काठमाडौँ । नेपाली कांग्रेसका नवनियुक्त तीन मन्त्रीले पद तथा गोेपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले, शीतल निवासमा आयोजित एक समारोहका बीच नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।
कांग्रेसको तर्फबाट धनराज गुरुङलाई कानून, मोहन बस्नेतलाई स्वास्थ्य र डिगबहादुर लिम्बूलाई युवा तया खेलकुद मन्त्रीमा शपथ लिएका हुन् । यसअघि हिजो प्रधानमन्त्री दाहालले गुरुङलाई कानून न्याय तथा संसदीय मामिला, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र लिम्बूलाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका थिए ।
अझै पनि वन तथा वातावरण र खानेपानी मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने छन्।
प्रतिक्रिया