रवि लामिछानेका चालक थापाको मृत्यु प्रकरण अनुसन्धान होस् : महेश बस्नेत

रवि लामिछानेका चालक थापाको मृत्यु प्रकरण अनुसन्धान होस् : महेश बस्नेत


काठमाडौँ ।

नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी गाडी चालक दिलबहादुर थापाको मृत्यु गम्भिर अनुसन्धानको बिषय रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस् सार्वजनिक गर्दैै उनले थापाको हत्या भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । घटनाको सत्य तथ्य पत्ता लगाउन उनले सरकारसँग माग गरेका छन्।

चालक र स्वकीय सचिवले नेताका निजी जानकारी राख्ने हुँदा थापाको मृत्यु शंकास्पद रहेको धारणा सार्वजनिक गरेका छन् । उनले सार्वजनिक भएको आडियोको समेत छानविन गरिनु पर्ने बताएका छन् ।

स्टाटसमा उनले भनेका छन्, ‘पिए र ड्राइभर नेताका ९० प्रतिशत बिषय थाहा पाउने ब्यक्ति हुन । उनको आत्महत्या वा हत्या जे भएपनि गम्भिर बिषय हो । रविको ड्राइभरको आवाज दुर्घटनाकै दिन भेण्टिलेटरमा राख्नु अघिको हो भनिन्छ । छानबिन किन नगरेको ?’

लामिछानेको चुनावी प्रचारमा सँगै हिँडेको हुँदा मृतक थापामाथि निगरानी गरिएको हुनसक्ने र उनलाई मारिएको पनि हुनसक्ने नेता बस्नेतको दाबी छ । त्यस्तै,उनले पूर्वगृहमन्त्री समेत रहेका लामिछाने बस्ने घरमा राती अबेरसम्म मादक पदार्थ सेवन गर्ने वातावरणप्रति पनि प्रश्न गरेका छन् ।

उनले भनेका छन्,‘ रक्सि कहाँबाट किने ? कस्ले किनि दियो ? ,पूर्व गृहमन्त्रीको सुरक्षा घेरा भित्रको घरभित्र बसेर ४ बजेसम्म कसरि खाए? सुन्दा सबै घटना बनावटी जस्तो लाग्छ । अत्महत्या, दुर्घटना या कसैले मारेको पनि हुन सक्छ । जे होस् रहस्य के हो ? कस्ले,किन, के कारण यो गर्यो खोजि गरौं?’

४ बैशाखमा छतबाट खसेर गम्भीर घाईते भएका थापाको उपचारको क्रममा मंगलबार काठमाडौँमा निधन भएको थियो । उनको बुधबार पशुपति आर्यघाटमा परिवार र आफन्तले अन्त्यष्टि गरेका छन् ।