काठमाडौँ ।
पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । बुटवलबाट नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीका छोरा सन्दीप पक्राउ परेका हुन । आजै उनलाई अदालतमा पेस गरिनेछ ।
रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।
पूर्व गृह सचिव उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उनमाथि अनुसन्धान गर्ने भन्दै तीन दिनका म्याद जिल्ला अदालतबाट लिइसकेको छ ।
प्रतिक्रिया