सत्तारूढ गठबन्धन दलको बैठक बालुवाटारमा जारी

सत्तारूढ गठबन्धन दलको बैठक बालुवाटारमा जारी


काठमाडौँ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धन दलको बैठक जारी छ । बैठकमा सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुँदै छ ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा सहभागी गराउनेबारे प्रधानमन्त्री दाहाल निरन्तर छलफलमा छन् । उनले केही दिनअघि रास्वपा सभापति रवि लामिछानेलाई सरकारमा आउन औपचारिक प्रस्ताव गरिसकेका छन् । यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि मंगलबार रास्वपा सभापति लामिछानेले भेटेका थिए ।