काठमाडौँ ।
स्पेनिस ला लिगाको शीर्षस्थानको बार्सिलोनाले ओसासुनालाई पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले कठिन संघर्ष पछि ओसासुनालाई १–० ले पराजित गरेको हो ।
स्पोटिफाइ क्याम्प नोउमा मंगलबार राति भएको खेलको ८५औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई १–० को जीत निकाल्न सकेको हो । ७६औं मिनेटमा मैदान छिरेका अल्वाले फ्रान्की डि जोङको पासमा गोल गरे पछि बार्सिलोनाले पराजय वा बराबरी भोग्न नपरेको हो ।
शीर्षस्थानमा रहेको बार्सिलोनाको ३३ खेलबाट ८२ अंक बटुलेको छ भने पराजित ओसासुना ३३ खेलबाट ४४ अंक जोडेर नवौं स्थानमा सिमित छ ।
यस जितसँगै बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ । अब अर्को खेलमा स्पान्योललाई हराउन सकेको खण्डमा उ बिजेता बन्नेछ । बार्सिलोना २०१८–१९ को सिजनपछि ला लिगाको पुनः च्याम्पियन बन्ने लागेको हो ।
प्रतिक्रिया