फरार सूचीमा रहेका एमाले सांसद कोइरी निलम्बित

फरार सूचीमा रहेका एमाले सांसद कोइरी निलम्बित


काठमाडौँ ।

फौजदारी अभियोग लागेपछि फरार रहेका नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी अन्ततः निलम्बित भएका छन् । महोत्तरी १ बाट निर्वाचित सांसद कोइरी फरार सूचीमा थिए ।

नेपाल प्रहरीले कोइरीमाथि हत्या अभियोगमा मुद्दा चलिरहेको र उनी फरार रहेको साथै खोजी कार्य जारी रहेको पत्राचार गरेपछि सभामुखले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम उनलाई निलम्बन गरेका हुन् ।

प्रतिनिधिसभाको नयाँ नियमावलीले फरार अभियुक्तलाई पनि निलम्बन गर्ने व्यवस्था गरेको छ ।