राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च स्वयं व्यहोर्ने

राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च स्वयं व्यहोर्ने


काठमाडाैँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारको खर्च आफैंले व्यहोर्ने चाहना व्यक्त गरेका छन् । मंगलबार राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक प्रेस नोट जारी गर्दै भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले ब्यहोर्न चाहेको बताएका छन् ।

जारी प्रेस नोटमा भनिएको छ ‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले ब्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।’ छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका राष्ट्रपति पौडेल चिकित्सकहरुको सुझावका आधारमा वैशाख ६ गते भारतको नयाँ दिल्लीमा उपचारका लागि गएका थिए ।

११ दिनको उपचारपछि उनीआइतबार राति स्वदेश फर्किएका हुन् । राष्ट्रपतिको विदेशमा गरिएको उपचार र उपचार खर्चलाई लिएर संघीय संसदमा पनि कुरा उठेपछि खर्च स्वयं व्यहोर्न उनी अग्रसर भएकाहुन् ।