एसीसी प्रिमियर कप क्रिकेट : वर्षाले रोकिएको नेपाल र युएईको फाइनल खेल भोलि हुने

एसीसी प्रिमियर कप क्रिकेट : वर्षाले रोकिएको नेपाल र युएईको फाइनल खेल भोलि हुने


काठमाडाैँ ।

बर्षाले अवरुद्ध बनाएको खेल सुरु हुन नसक्दा नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल मंगलबार हुने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज विहान नेपालले टस जितेर पहिलो ब्याटिङका लागि निम्तो दिएपछि संयुक्त अरब इमिरेट्स यूएईले २७ ओभर ३ बलमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएपछि सुरु भएको वर्षाले खेल सुरु हुन सकेन् ।

खेल रोकिएको लगभग साढे ३ घण्टापछि आजका लागि स्थगित भएको घोषणा गर्दा झरीबीच कीर्तिपुर मैदानमा बसिरहेका सयौं क्रिकेट प्रेमी निराश बनेका थिए ।

बाँकी खेल मंगलबार हुने म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले घोषणा गरे । खेल आजको अवस्थाबाट नै भोलि सुरु हुने छ । यसअघि युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन बनाए । उनलाई आठौं विकेटको रुपमा नेपालका ललित राजवंशीले आरिफ शेखबाट क्याचबाट आउट गराएपछि ललितले लगत्तै जाहुर खानलाई शून्यमा पेभेलियन फर्काएका छन् ।

ललित राजवंशीले लोभलाग्दो प्रदर्शनको सहयोगमा नेपालले युएईलाई सस्तोमा समेट्ने संकेत देखिएको छ । नेपालका लागि ललित राजवंशीले ४ ओभर ३ बल खेलेर ५ रन दिएर एक मेडन राख्दै ३ विकेट लिएका छन् । यस्तै करण केसीले र सन्दीप लामिछानेले २–२ विकेट र सोमपाल कामी र गुल्सन झा १ ले समान एक एक विकेट लिए ।

खेलमा नेपाली बलरहरु युएईका व्याट्सम्यानमाथि सुरु देखि हावी भएका थिए ।