काठमाडौँ ।
अस्ट्रेलियाबाट बिदा मनाउन नेपाल आएक कञ्चनपुरका एक युवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । श्रीमतीलाई अस्ट्रेलिया छाडेर घरबिदामा मनाउन नेपाल आएका तपेन्द्र बडुवालको दुर्घटनामा ज्यान गएको हो ।
बडुवाल विगत पाँच वर्षदेखि अस्ट्रेलिया बस्दै आएका थिए । कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २८ वर्षीय बडुवाल केही दिनअघि मात्रै घर आएका थिए । श्रीमतीलाई घरमा परिवार भेटेर फर्किने बाचा गरेका तपेन्द्र अब कहिल्यै अस्ट्रेलिया नर्फकिने गरि अस्ताएका छन्।
नेपालमा श्रीमानको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि राधीकासँगै पूरै बडुवाल परिवार शोकमा डुबेको छ। आइतबार साँझ कृष्णपुर नगरपालिका–५ स्थित बनदेवी मन्दिर नजिकको जंगलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बडुवालको मृत्यु भएको थियो।
बडुवालले चलाएको सुदुरपश्चिम प्रदेश ०२–००–४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको ट्यााक्टरको ट्रलीमा ठोक्किँदा घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
ट्याक्टर र चालक कृष्णपुर–८ का ४२ वर्षीय वीरसिंह महरालाई ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया