काठमाडौँ ।
एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाल आक्रमक रुपमा उत्रिएको छ । नेपालले यूएईविरुद्ध चौथो विकेट पनि लिन सफल भएको छ ।
नेपालका ललित राजवंशीले रमिज शहजादलाई आउट गर्दै युएईको चौथो विकेट लिएका हुन । यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए । नेपालका लागि सन्दीप लामिछानेले पाँचौ सफल्ता दिएका छन् । यससँगै यूएईले ५२ रनमा ५ विकेट गुमाइसकेको छ ।
कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिडन आईपुगेको हो । नेपाल हालसम्म यो प्रतियोगितामा ११ वटा खेलसम्म अपराजित रहेको छ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ ।
प्रतिक्रिया