यूएईविरुद्ध नेपालले लियो तीन विकेट

यूएईविरुद्ध नेपालले लियो तीन विकेट


काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली नेपालले यूएईविरुद्ध तीन विकेट लिन सफल भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको नेपालले ८ ओभर नखेल्दै यूएईका महत्वपूर्ण ३ विकेट लिएको छ। नेपालका लागि सोमपाल कामीले महत्वपूर्ण पहिलो विकेट लिए। सोमपालले यूएईका कप्तान मुहम्मद वसीमलाई आउट गरेका छन् । यस्तै करण केसीले दुई विकेट लगेका छन ।