काठमाडाैँ ।
‘ग्यास लिक’पछि भएको आगलागिबाट घाइते काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी आइतवार स्वेदश फर्कने भएको छन् । उनको दुई महिनादेखि भारतको मुम्बाईस्थित नेश्नल बर्न सेन्टरमा उपचार भइरहेको छ ।
स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनलाई आइतवार काठमाडौं ल्याउन लागिएको हो । उनी नेपाल एयरलाइन्सको जहाजमा आइतवार २ः५५ मुम्बाईबाट काठमाडौंका लागि उड्ने छन् । उनको बाँकी उपचार काठमाडौंमै हुनेछ । डा. भण्डारीका स्वकीय सचिव ंमाधव न्यौपानेले उनलाई आइतवार काठमाडौं ल्याइने बताए ।
उनले भने,‘डा. भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । बाँकी उपचार काठमाडौंमै गर्ने भएपछि उहाँलाई आइतवार नेपाल ल्याउन लागिएको हो । उहाँ नेपाल एयरलाइन्सको जहाजमा नेपाल आउँदै हुनुहुन्छ ।’
न्यौपानेका अनुसार डा. भणडरीका लागि बत्तिसपुतलीमा ‘फ्ल्याट’ भाडामा लिइसकिएको छ । यसअघि उनी बुद्धनगरस्थित ‘फ्ल्याट’मा बस्दै आएका थिए । गत ३ फागुनमा ‘ग्यास लिक’पछि आगलागि हुँदा उनीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । घाइते हरिकलाको गत ४ फागुनमै मृत्यू भइसकेको छ । डा. भण्डारीले उक्त ‘फ्ल्याट’ बस्न रुचाएका छैनन् । त्यसो हुँदा उनका लागि बत्तिसपुतलीमा नयाँ ‘फ्ल्याट’ खोजिएको हो ।
न्यौपानेले भने,‘उहाँ पुरानो ‘फ्ल्याट’ बस्न रुचाउनु भएको छैन । त्यसो हुँदा उहाँका लागि नयाँ ‘फ्ल्याट’को प्रवन्ध गरिएको हो । बाँकी उपचार उहाँको सोही ‘फ्ल्याट’बाट हुनेछ । निजी चिकित्सक राख्ने वा अस्पतालमै गएर उपचार गर्ने बिषय भने टुंगि सकेको छैन ।’
न्यौपानेका अनुसार उनलाई दिन बिराएर ‘ड्रेसिङ’ गर्नु पर्नेछ । उनीहरु अहिले आफै हिँडडुल गर्न सक्छन् । उनी आइतवार ५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्नेछन् ।
प्रतिक्रिया