माघ ९ गते भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को ?

माघ ९ गते भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को ?


कामठाडौँ ।

हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन पुस २६ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँगै कोइरी पनि संसद् भवनमा लाम लागेका थिए ।

कोइरीलाई पक्राउ नगरी त्यतिकै जान दिएपछि गृहमन्त्री लामिछानेको आलोचना भएको थियो । त्यसपछि कोइरीलाई गिरफ्तार गर्न लामिछानेले प्रहरीलाई निर्देशन दिँदै विज्ञप्ति जारी गरेका थिए भनेर यो खबर आजको नागरिक दैनिकले लेखेको छ ।

कोइरी भारत गएको थाहा पाएपछि नेपाल प्रहरीले उनलाई निगरानी गर्दै पक्राउका लागि भारतीय प्रहरीलाई आग्रह गरेको थियो । हत्या अभियोगमा अदालतबाट दोषी ठहरिएका कोइरी भारतमा भएकाले गिरफ्तार गरिदिन भारतीय पक्षलाई नेपाल प्रहरीले आग्रह गरेको थियो ।