एसीसी प्रिमियर कप : नेपालको लज्जास्पद व्याटिङ, सन्दीप लामिछानेले जोगाए इज्जत

एसीसी प्रिमियर कप : नेपालको लज्जास्पद व्याटिङ, सन्दीप लामिछानेले जोगाए इज्जत


काठमाडौं ।

अन्तिम विकेटका लागि आएका सन्दीप लामिछानेले लाज जोगाइदिदा नेपाली क्रिकेट टोली लज्जास्पद अवस्थाबाट बचेको छ । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत कतार विरुद्ध क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालका सबै व्याट्सम्यान सस्तोमा बाहिरिदा नाजुक अवस्थामा पुगेको नेपाली टोलीको इज्जत लेगस्पिनर लामिछानेले बचाएका छन्।

उनले अन्तिम विकेटका लागि ललित राजवंशीसंग र आठांै विकेटका लागि गुलशन झासंग मिलेर ५८ बलको सामना गरेर ६ वटा चौकाको सहयोगमा नटआउट ४२ रन जोड्दा नेपालले ४० ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ५७ रन बनाएको छ ।

यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २७ ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन बनाउँदा सन्दीप लामिछाने व्याट बोकेर मैदानमा प्रवेश गरेका थिए । गुलसन पनि ७ रनमा बाहिरिएपछि सन्दीपले ललित राजवंशीसंग अन्तिम समयसम्म टिकेर खेलेका थिए ।

नेपालका सबै व्याट्सम्यानले आज जित्नै पर्ने खेलमा कतारविरुद्ध कमजोर प्रदर्शन गरे । ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट हुँदा भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा बाहिरिएका थिए ।

यस्तै प्रारम्भिक व्याट्सम्यान आसिफ शेख १९ रन, कप्तान रोहितकुमार पौडेल, २७ रन बनाएर आउट भए। कुशल मल्ल ३ रन, सोमपाल कामी ११ रनमा आउट हुँदा नेपाल निकै दबाबमा परेको थियो ।

यसरी नै आरिफ शेख ११ रनमा र दीपेन्द्रसिंह ऐरी १२ रनमा आउट भए । राजवंशी १ रनमा आउट भए । कतारका अमिर फारुकले ४ विकेट, ओइस अहमेदले ३ विकेट र मुनवीराले २ विकेट हात पारे । १ सय ५८ रनको विजय लक्ष्य लिएको कतार केही बेरमा जवाफी व्याटिङमा उत्रिदैछ ।