गण्डकी प्रदेशमा काँग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै

गण्डकी प्रदेशमा काँग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै


काठमाडौं ।

गण्डकी प्रदेशमा आज९बिहीवार० नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारामा २ बमोजिम आज दिउँसो ४ बजेसम्म मुख्यमन्त्री नियुक्तिको समय दिएका छन् ।

सोहीअनुसार गण्डकीले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । गण्डकी प्रदेश प्रमुख कार्यालयका अनुसार काँग्रेसका सुरेन्द्रराज पाण्डेलाई प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्री नियुक्त गर्दैछ । पाण्डे काँग्रेस संसदीय दलका नेता हुन् । पाण्डे माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्न लागेका हुन् । केन्द्र सरकारमा सत्तासमिकरण बदलिएपछि गत ९ बैशाखमा एमालेका मुख्यमन्त्री खगराज अधिकारीको सरकार ढलेको थियो ।

गत चैत १० मा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अधिकारी नेतृत्वको सरकार संकटमा परेको थियो । कानूनतः समर्थन फिर्ता लिएको महिना दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । सोही प्रावधानअनुसार विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकार ढलेका थियो ।

गण्डकीमा काँग्रेस माओवादीबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । तर, दुई दलबीच अवधि भने निर्धारण भएको छैन । प्रदेशस्थित सात मन्त्रालयमध्ये माओवादीले तीनमा दाबी गरिरहेको छ । काँग्रेसले भने चार मन्त्रालयमा दाबी गरिरहेको छ । दुवै दलमा आकांक्षी धेरै भएको हुँदा नियुक्त हुने मन्त्रीको टुंगो लागिसकेको छैन ।

गण्डकी प्रदेशसभामा ६० सदस्य छन् । बहुमतको सरकार गठन गर्न सभामा कम्पतीमा ३१ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा काँग्रेसको २७ र माओवादीको ७ सदस्य छन् ।