एसीसी प्रिमियर कप : कतारविरुद्ध नेपाल ब्याटिङ गर्दै

एसीसी प्रिमियर कप : कतारविरुद्ध नेपाल ब्याटिङ गर्दै


काठमाडाैँ ।

एसियाली क्रिकेट काउन्सिल एसीसी प्रिमियर कप समूह चरणको अन्तिम खेलमा नेपालले कतार विरुद्ध ब्याटिङ गर्ने निम्तो पाएको छ ।

कतारले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो । दुई टिमबीच कीर्तिपुरस्थित क्रिकेट रंगशालामा केही बेरमै खेल सुरु हुँदैछ । खेलका लागि नेपालले गुलशन झालाई प्लेइङ ११ राखेको छ भने, करण केसीलाई बेन्चमा राखेको छ ।

नेपाल र कतारबीच अहिलेसम्म एक खेल भएकोमा नेपाल अपराजित रहेको छ । जहाँ समूह ए मा रहेको घरेलु टोली नेपालले कतारसँग खेल्नेछ भने, समूह बी मा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । सन् २००८ मा युएईमा आयोजना भएको एसीसी ट्रफी एलिटमा भएको नेपाल र कतारबीचको खेलमा नेपालले कतारलाई ७ विकेटले हराएको थियो ।

मलेसियाको रोयल मिलिट्रि कलेजको मैदानमा भएको सो खेलमा शक्ति गौचन तथा बसन्त रेग्मीले ३÷३ विकेट लिएका थिए भने, नेपालका लागि ज्ञानेन्द्र मल्लले ८२ बलमा ७६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।

बिहीवारको खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीसँगै समूह विजेता र उपविजेताको छिनोफानो हुनेछ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा यसअघि नै स्थान बनाईसकेका छन् भने, समूह बी बाट पनि ओमानले अन्तिम चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

प्लेइङ ११ः
आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, भिम सार्की, कुशल भुर्तेत, आरिफ शेख, सोमपाल कामी, गुलसन झा, सन्दीप लामिछाने र ललित नारायण राजवंशी