काठमाडौं ।
बारा निर्वाचन क्षेत्रनम्बर २ मा अपरान्हसम्म ५ हजार बढी मतले अग्रता लिएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको अग्रता खुम्चिन थालेको छ ।
उनको निरन्तरको अग्रतालाई चुनौती दिदै जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहले पछिल्लो पटक २ हजार ६ सय ६५ मा सीमित गरेका छन् ।
पछिल्लो पटक पौने सात बजेसार्वजनिक गरिएको मत परिणाम अनुसार ५० हजार १ सय ६१ मत गणना हुँदा यादवले २०हजार ४ सय ६३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका कुशवाहले १७ हजार ७ सय ९८मत पाएका छन् । यादव यस अघि सार्वजनिक भएको परिणाममा ३ हजार ४१ मतले मात्र अघि थिए भने दुई घण्टा अघिसम्मको गणनामा उनी ५ हजार बढी मतले अगाडि थिए ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६ हजार १ सय २१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ४ सय ६६मत पाएका छन् ।
प्रतिक्रिया