कामठाडौँ ।
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) उम्मेदवार तथा सभापति रवि लामिछाने भारीसहित विजयी भएका छन् । सत्तारुढ गठबन्धन उम्मेदवार कांग्रेसका नेता जीत नारायण श्रेष्ठलाई ४३ हजार २५ मतान्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् ।
लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी हुँदा श्रेष्ठले ११ हजार २५१ मत पाए। एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।
गत आइतबार चितवन–२, बारा–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो। चितवन–२ मा रवि लामिछाने विजयी हुँदा उनकै पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका छन् ।
उता बारा–२ मा भने गठबन्धन उम्मेदवार तथा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता लिइरहेका छन् ।
प्रतिक्रिया