काठमाडौँ ।
एउटा इन्जिन फेल भएको भनिएको फ्लाई दुबईको विमान काठमाडौँ अवतरण नगरी गन्तव्यतर्फ लागेको छ। पर्यटनमन्त्री सुदन किराँतीले फ्लाई दुवईको जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदै गरेको जानकारी दिएका छन्। फ्लाइटको लाइभ ट्रयाकमा पनि फ्लाई दुबईको उडान नम्बर ५७६ ले काठमाडौँ छोडेर आफ्नो गन्तव्यतर्फ लागेको देखाउछ।
विमानस्थल स्रोतका अनुसार पाइलटले आफ्नो फ्लाइटलाई निरन्तरता दिने जानकारी गराएर आफ्नो गन्तव्यतर्फ लागेका छन्। यसअघि विमानलाई काठमाडौँको आकाशमा उडाइएको थियो र त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गर्ने बताइएको थियो ।

प्रतिक्रिया