फ्लाई दुबई जहाजको इन्जिनमा आगलागी, मन्त्री किराँती भन्छन्ः ‘जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ’

फ्लाई दुबई जहाजको इन्जिनमा आगलागी, मन्त्री किराँती भन्छन्ः ‘जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ’


वैशाख ११, काठमाडौँ । काठमाडौंबाट दुबईका लागि उडेको एउटा जहाजको इन्जिनमा आगलागी भएको छ। नागरिक उड्डयन प्राधिकरण सुत्रका अनुसार एउटा इन्जिनमा आगो लागेपछि उक्त विमान आकस्मिक अवतरणको तयारीमा छ।

काठमाडौंका उडेको फ्लाई दुवईको विमान काठमाडौंमा अवतरणको तयारी गरिरहेको छ।

यसैबीच नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि उक्त विमानको इन्जिनमा आगो लागेको जानकारी गराउँदै उक्त विमान काठमाडौंमा अवतरण गर्ने तयारी गरिरहेको बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले फ्लाई दुवईको जहाज सुरक्षित रुपमा आफ्नो गन्तव्य तिर गएको बताएका छन् ।
किराँतीले सोमबार साँझ सामाजिक संजालमार्फत यस्तो जानकारी दिएका हुन् । ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा,’ उनले लेखेका छन् ।