चितवन–२ : सबै मतपेटिका मतगणनास्थल पुर्याइयो, सर्वदलीय बैठक बस्दै

चितवन–२ : सबै मतपेटिका मतगणनास्थल पुर्याइयो, सर्वदलीय बैठक बस्दै


काठमाडौँ ।

आइतबार सम्पन्न उपनिर्वाचनअन्तर्गत चितवन–२ का सबै मतपेटिका मतगणनास्थल पुर्याइएको छ । भरतपुरस्थित दूरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना हुँदै छ ।

मतगणनाबारे निर्णय गर्न सर्वदलीय बैठक बस्न लागेको छ । निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले सर्वदलीय बैठक बस्न लागेको जानकारी दिए ।

चितवन–२ मा ६३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । उक्त क्षेत्रमा नेकपा ९एमाले०बाट रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसहितका उमेदवार छन् ।