काठमाडौँ ।
बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् ।
बाराको देवताल गाउँपालिका–७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् । मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्दै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।
यसैबीच, बारा( २ का एमाले उम्मेद्वार पुरुषोत्तम पौडेलले बारा २ मा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । उनले आफूले विभिन्न स्थानमा यस्तो प्रयास भएको जानकारी आएको बताएका हुन् ।
तर, मतदाताले एमालेलाई मत दिने उनको दाबी छ । ‘मतदानको ट्रेन्ड हेर्दा एमालेको पक्षमा मतदान देखिन्छ । केही स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना समेत आएको छ । यति हुँदाहुँदै पनि जनताले हामीलाई विश्वास गरेर मत दिन्छन्,’ उनले भने।
प्रतिक्रिया