काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल सस्तो मूल्यमा बिकेको आरोप लगाएका छन् ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रममा अध्यक्ष ओलीलेकम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएको आरोप लगाउँदै उनीहरुले रातो झण्डा बोक्नु र कम्युनिष्ट हो भन्नु नै बेकार रहेको टिप्पणी गरे।
उनले भने, ‘ कसैले पनि रातो झण्डा बोक्नु कम्युनिष्ट हो भन्नु बेकार छ । नेताहरु हामीले चाखिसक्र्यौं । दुई तिहाई पुर्यायौं हामीले। पार्टी एकता गरेर। पार्टी निमार्ण गरेर । तर, टुप्पामा बस्ने नेताहरुलाई सहिसक्नु भएन र विके। यतिकै उनीहरुले कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला। सस्तो मूल्यमा बिके। केकस्तो मुल्य उहाँहरुलै जान्नुहोला। बाहिरबाट देख्ने धेरै कुरा हामीले देखेका छौं। भित्रीकुरा उहाँहरुनै जान्नुहोला।’
उनले सबै पार्टीमा रहेका वामपन्थी शक्तिलाई एमालेमा आउन आग्रह समेत गरे । २०७७ साल कम्युनिष्ट आन्दोलनका लागि प्रतिक्रियावादीले प्रहार गरेको वर्ष भएता पनि एमाले एक नम्बर पार्टी भएको टिप्पणी गरे ।
प्रतिक्रिया