काठमाडौं ।
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दाकम खेलमा सय विकेट लिने दुर्लभ कीर्तिमान कोरेका छन् । त्रिविक्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपक्रिकेट अन्तर्गत ओमानविरुद्धको खेलमा सन्दीपले यो कीर्तिमान कोरेका हुन् ।
यस अघि यो कीर्तिमानअफगानी क्रिकेटर रसिद खानको नाममा थियो । सन्दीपले ४२ खेलमा १०० विकेट लिँदै नयाँ कीर्तिमान आफ्नो पक्षमा पारेका हुन् । यसअघि यो कीर्तिमान आफ्नो नाममा राखेका अफगानिस्तानका रसिदखानले ४४ खेलमा सय विकेट लिएकाथिए।
यस्तै अष्ट्रेलियाका मिचेल स्टार्क ५२ र पाकिस्तानका सकलेन मुस्ताकले ५३ खेलमा सय विकेट लिएका थिए । ओमान विरूद्धको खेलमा उनले १३ औं ओभरको तेस्रो बलमा ओमानका सफिकलाई सयौं शिकार बनाएर दुर्लभ कीर्तिमान कोरेका हुन् ।
सन् २०१८ मा नेदरल्यान्ड्सविरूद्धको खेलमा एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका सन्दीपले हालसम्मको उत्कृष्ट प्रदर्शन भने आइसिसी विश्वकपलिग–२ मा २०२० फ्रेब्रुअरी १२ मा कीर्तिपुर मैदानमा गरेका थिए । उनले त्यसबेला सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।
प्रतिक्रिया