जाजरकोटमा बेलिब्रिज भाचिँदा २ मजदुरको मृत्यु, ८ घाइते

जाजरकोटमा बेलिब्रिज भाचिँदा २ मजदुरको मृत्यु, ८ घाइते


काठमाडौँ ।

जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाचिँदा दुई जना मजदुरको मृत्यु भएको छ । घटनामा अन्य आठ जना घाइते भएका जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिए ।

ज्यान गुमाएका कामदारको भने परिचय खुल्न सकेको छैन । घाइते भएका आठमध्ये सात जनाको परिचय खुलेको छ । घाइते हुनेहरूमा गोरखनाथ, सञ्जय गौतम, सोनी चमार, धमेन्द्र गौतम, मैकु गौतम, प्रशान्त राजकुमार र राजकुमार हर्जन चमार रहेका छन् । उनीहरू निर्माण कार्यमा संलग्न भारतीय कामदार रहेका प्रहरीले जनाएको छ ।

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाचिँदा हो । घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी कोरिडोरमा पर्छ ।