१३ वर्षपछि इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

१३ वर्षपछि इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा


काठमाडौँ ।

इटालियन क्लब इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरीमा रोकिएको भए पनि इन्टरले समग्रमा दोस्रो लेगमा ५–३ को जित निकाल्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो । इन्टर पहिलो लेगमा २–० ले विजयी भएको थियो ।

खेल सुरु भएको १४औं मिनेटमा निकोला बरेल्ला गोलबाट इन्टरले अग्रता लिन सुरु गरेको थियो तर ३८औं मिनेटमा बेन्फिकाका फ्रेडरिकले गोल फर्काएर खेललाई पहिलो हाफमा नै १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफको ६५औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गरेर इन्टरले २–१ को अग्रताको स्थीतिमा लगिदिए र त्यसको १२ मिनेट पछि अर्थात ७८औं मिनेटमा जोआक्विन कोरेआले गोल गरेपछि इन्टर खेलमा ३–१ को फराकिलो अग्रता कायम गर्न सक्यो ।

तर, इन्टरले लिएको अग्रता लामो समयसम्म टिक्न सकेन । ८६औं मिनेटमा एन्टोनियो सिल्भाले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याई दिए, त्यसमाथी इन्ज्युरी समयको ५ औंं मिनेटमा पिटर मुसाले थप गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउन सफल भए ।

तर, पहिलो लेगमा पराजय भएका कारण बेन्फिकाको यात्रा क्वाटरफाइनलमै रोकियो भने पहिलो लेगमा २–० ले विजयी भएकाले इन्टरलाई भने सेमिफाइनलमा जान सजिलो भयो ।

सन् २००९–१० को सिजनमा इन्टरले बायर्न म्युनिखलाई पराजित गर्दै च्याम्पियन बनेको थियो । १३ बर्ष पछि इन्टर सेमिफाइनलमा प्रवेश गरे पछि उसले च्याम्पियन हुनका लागि आफनो नयाँ रणनीति बनाउने जनाईएको छ ।