काठमााडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धानआयोगलाई सबल बनाउन लोकसेवा आयोगबाट प्रमुख आयुक्त नियुक्ति गर्न माग गरेका छन् ।
राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धानआयोग (तेस्रो संशोधन) विधेयक’माथिको सैद्धान्तिक छलफलमा भागलिँदै सांसद शाहीले अख्तियारलाई संवैधानिकआयोग भनिएता पनि पार्टीको कार्यकर्तालाई प्रमुख आयुक्त नियुक्ति गर्ने प्रवृत्ति रहेको बताए ।
उनले भने‘ संवैधानिक आयोग भनिएको छ । तर पार्टीको कार्यकर्तालाई खोजी खोजी प्रमुखआयुक्त नियुक्त गरेका छन् यसलाई लोकसेवाबाट नियुक्ति गरौं । अनि अख्तियार अनुसन्धान आयोगका कर्मचारीले जतिपनि भ्रष्टाचार गर्ने भएको छ ।अख्तियार अनुसन्धान आयोगलाई साच्चीकै सबल बनाउने हो भने लोकसेवा आयोगबाट नियुक्तिगर्न माग गर्छु ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नेताहरुले खेलाउने थलो बनाएको आरोप समेत लगाए ।
प्रतिक्रिया