राष्ट्रपति पौडेल शिक्षण अस्पताल भर्ना

राष्ट्रपति पौडेल शिक्षण अस्पताल भर्ना


काठमाडौँ ।

छातीमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखेर उपचार गरिने अस्पतालका प्रशासन प्रमुख बैकुन्ठ थपलियाले जानकारी दिए । राष्ट्रपति पौडेल केही दिन अस्पतालमै रहनेछन् ।

सुरुमा पेटमा र पछि छातीमा समस्या देखिएपछि उनी निरन्तर चिकित्सकको निगरानीमा रहेका छन् । उनको फोक्सोको तल्लो भागको पानी झिकेर परीक्षणका लागि पठाइएको बताइएको छ ।