तास्मानियामा ‘जारी’ को प्रिमियर शो हुँदै

तास्मानियामा ‘जारी’ को प्रिमियर शो हुँदै


तास्मानिया अष्ट्रेलिया ।

तस्मायनियामा नेपाली चलचित्र ‘जारी’को प्रिमियर शो हुने भएको छ । मुगलान इन्टरटेनमेन्ट हबले मे १ तारिख तास्मानियाको होबार्ट र लान्सेस्टनमा चलचित्र ‘जारी’ को प्रिमियर शो गर्न लागेको हो । 

होबार्टको भिलेज सिनेमा हल ग्लोनवर्की र लन्चेस्टनको भिलेज सिनेमा हलमा मे १ तारिख सोमबार साँझ ६ बजेबाट एकैसाथ प्रिमियर शो सुरु हुने मुगलान इन्टरटेनमेन्ट हबका निर्देशक सन्देश श्रेष्ठले जानकारी दिए । प्रिमियर शो को ७० प्रतिशत टिकट ब्रिकी भइसकेकाले समयमै टिकट खरिद गरी आफ्नो सिट सुरक्षित राख्न नेपाली चलचित्रप्रेमी तास्मानियावासीलाई श्रेष्ठले आग्रह गरेका छन् । टिकट खरिदका गर्न यहाँ क्लिक गर्नुहोला । 

मुगलान इन्टरटेनमेन्ट हब तास्मानियामा रहेका नेपाली युवाहरुले स्थापना गरेको मनोरञ्जनात्मक संस्था हो । रोशन श्रेष्ठ, किरण श्रेष्ठ, साकर शाही, प्रवेश गौचन र सन्देश श्रेष्ठ मुगलान इन्टरटेनमेन्ट हबका सस्थापक सदस्य हुन् । 

कतिपय नेपाली चलचित्र हेर्नबाट तास्मानियाका नेपालीवासी बन्चित भएको विगतको तितो अनुभवलाई मध्यनजर गर्दै मुगलान इन्टरटेनमेन्ट हबको स्थापना गरेको निर्देशक श्रेष्ठले बताए । नेपाली चलचित्र र तस्मानियामा हुने सांगीतिक कार्यक्रमहरूलाई निरन्तरता दिने उनको भनाइ छ । 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘जारी’ मा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाललगायतको अभिनय रहेको छ । चलचित्र ‘जारी’को अष्ट्रेलिया शो को अधिकार जान्बी इन्टरटेनमेन्टले लिएको छ ।