एक मतले हारे पूर्वमन्त्री थानी !

एक मतले हारे पूर्वमन्त्री थानी !


काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री हृदयराम थानी एक मतले पराजित भएका छन् । १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित थानी यसपटक सोही पदमा पराजित भएका हुन् । कर्णाली प्रदेशबाट केन्द्रीय सदस्य पदमा उनले उम्मेदवारी दिएका थिए । दुई सिटका लागि भएको निर्वाचनमा थानीले तेस्रो स्थान हासिल गरे ।
केन्द्रीय सदस्यमा विजयी राजीव विक्रम शाहले २८२० मत पाए भने अर्का विजयी उम्मेदवार कर्णबहादुर बुढाले २२०० मत पाए । थानीले २१९९ मत पाए । कर्णालीबाट केन्द्रीय सदस्य पदमा महिला एक सिटका लागि भएको निर्वाचनमा संस्थापन समूहकै जानकी सिंह विजयी भएकी छन् । उनले २६२४ मत पाइन् भने संस्थापनइतर समूहकी उम्मेदवार मैना कार्कीले १९५५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।