काठमाडौँ ।
नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जले धेरै गहिरो र व्यापक अर्थ राखेको बताएका छन् । उनले सम्पूर्ण देशवासीहरुलाई विविल राइज फाउण्डेसनले सञ्चालन गरिरहेका यस प्रतियोगितामा सहभागी भएर आफ्नो गाउँ र ठाउँ चिनाउँन आह्वान समेत गरेका छन् ।
नेपालको ऐतिहासिकता, प्राकृतिक सम्पन्नता र सुन्दरतालाई विश्वव्यापी रूपमा परिचित गराउनकालागि अब ढिलो गर्ने छुट कसैलाई नभएको पनि ओलीको भनाइ थियो । यस्तै नेपाली कांँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले लुकेर रहेको आफ्नो गाउँ, ठाउँको पहिचानलाई बाहिर ल्याउनसके पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । फाउण्डेसनले यसलाई प्रतियोगिताको रुप अघि सार्नु खुसीको पक्षभएको बताउँदै देशको विविधता र सौन्द्धर्यतालाई पर्यटनसँग जोड्न सकेमुलुकको समुन्नतिको जगबलियो हुने उल्लेख गरे ।
त्यस्तै नेपाली कांग्रेसका नेतातथा सांसद प्रदीपपौडेल र पूर्व पर्यटन मन्त्रीतथा सांसद योगेश भट्टराईले पनि प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज प्रतियोगिताको प्रवर्द्धनात्मकअभियानमा समाजका लब्ध प्रतिस्ठित व्यक्तित्वहरू कलाकार, साहित्यकार, सञ्चारकर्मी, राजनीतिज्ञ, खेलाडी, सामाजिक अभियन्ता, नाट्यकर्मी, विभिन्न संघ-संस्थाका कर्मचारीलगायतको सहभागिता रहेको आयोजक विविल राइज फाउण्डेसनले जनाएको छ ।
एउटै कार्यक्रमको प्रवर्द्धनमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरू यति ठूलो संख्यामा जोडिएको यो पहिलो प्रतियोगिता भएको पनिआयोजकको भनाइ छ । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका महत्वपूर्ण प्राकृतिक,सांस्कृतिक सम्पदा,भेषभुषा,जातजातिको पहिचान, खानपान, कला–संस्कृतिलगायतका विषयवस्तुमा केन्द्रित रही विविल राइज फाउण्डेसनले राष्ट्रव्यापी वृत्त चित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया