काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेलबारेका पोस्टर नहटाए कानुनी प्रक्रियामा जाने बताएका छन् । उनले पत्नी निकिताबारे नकारात्मक प्रचार भएको भन्दै आक्रोश पोखेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले बिना आधार र प्रमाण गरिएको आक्रमणको हिसाब राखेको पनि बताएका छन् ।
उनले भनेका छन्, ‘एक आफैमा योग्य , सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरु उस माथि खनिएका छन्। बिना आधार, बिना प्रमाण कायरतापुर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं। निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जान्छौ। बिना कारण तिमीले सह्नु परेको बद्नामी र तनाव प्रति कायरहरुको तर्फबाट म क्षमा चाहन्छु। न पिर गर, हामी यो घेराबन्दी तोड्नेछौ, हामी जित्नेछौं।’
रास्वपाका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा निकितालाई जोडेर समेत प्रचार भएको थियो ।
प्रतिक्रिया