काठमाडौं ।
साढेँ दुइ करोड घुस मागेको अडियो प्रकरणका राष्ट्रिय स्वतन्त्र पार्टी ढाका कुमार श्रेष्ठले आफू र आफ्नो पार्टीलाई फसाउने उद्देश्यका साथ अडियो सार्वजनिक गरिएको जिकिर गरेका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा, अडिओ प्रकरणमा ढाकाकुमारले आफू अडियो प्रकरणमा आफू न्यायालय गइसकेको र क्लिन चिट लिएर आउने दाबी गरे ।
उनले भने ‘मसंग जोडिएको एउटा अडियो अहिले भाइरल भइरहेको छ । त्यसले गर्दा पार्टी र अहिलको चुनाव उप निर्वाचनलाई र म आफ्नै मान प्रतिष्ठालाई घात परेको हुनाले त्यसप्रति म क्षमाप्राथि छु । यो अडियो चै मिडियामा जसरी पनि इडिटिङ गरेर बाहिर ल्याउन सकिन्छ । ह्वाट्सएपमा कुरा गरिएको भनिएको छ । मेरा कुराहरु कहाँ कहाँबाट जोडेर अहिले मिडियामा लाइएको छ । ’
उनले पार्टीले, अनुसन्धानका लागि गरेको कारबाहीलाई आफूले स्वागत गर्ने भन्दै उनले अदालतबाट आफूले सफाई पाउने ठोकूवा गरे । ‘हिजोबाटै न्यायलय गै सकेको छु । तपाईहरु निश्चिन्त हुनुस् । न्यायलयबाट प्रष्ट पारेर क्लिन चिट ल्याएर तपाईहरु माझ फेरी आउँछु । त्यतिन्जेल धैर्य गर्नुहोला ।’
पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अडियो इडिट गरेर बनाएको बताए। उनले आफू हिजोबाटै न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने बताए।
प्रतिक्रिया