क्लीनचिट ल्याएर फेरी राजनीतिमा आउँछु : ढाकाकुमार श्रेष्ठ

क्लीनचिट ल्याएर फेरी राजनीतिमा आउँछु : ढाकाकुमार श्रेष्ठ


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफुसँग सम्बन्धित अडियो सुनियोजित रुपमा ल्याइएको बताएका छन्। बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले अहिले सुनियोजित रुपमा अडियो सार्बजनिक गरेकाले आफु न्यायालय जाने बताएका हुन् ।

उनले भने, ‘अडियो अहिले जसरी पनि बनाउन सकिन्छ । यो मेरो अडियो होइन । ह्वाट्सएपमा कुरा भएको भनिएको छ । पार्टीले अहिले अनुसन्धानका लागि निलम्बन गरेको विषय स्वागत योग छ । म न्यायालय गएर क्लीनचिट ल्याएर फेरी तपाइँहरुसमक्ष आउने छु ।’

उनले आफु निर्दोष साबित भएपछि फेरी सार्बजनिक रुपमा आउने भन्दै आफ्नो कारणले पार्टीमा असर परेको प्रति दुख व्यक्त समेत गरेका छन् ।

केहीदिनअघि सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री हुने भन्दै व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको भिडियो सार्वज्निक भएसँगै विवादमा तानिएका थिए । उनलाई रास्वपाले पार्टी र सांसदबाट निलम्बन गरिसकेको छ ।