काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले ढुकुटीमा पैसा राखेर विकासको काम ठप्प पारेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले बैंकमा पैसा राखेर जनतालाई अलमलमा पार्ने काम गरिरहेको आरोप लगाएका हुन् ।
उनले भने,‘सरकारलाई सभामुखमार्फत अनुरोध गर्न चाहन्छु । यसरी मिटर ब्याजमा सरकारी पैसा ढुकुटीमा राखेर निर्माण व्यवसाय र विकासको काम ठप्प परेका छन् । यो छिटो भन्दा छिटो खुलाइयोस् ।बैंकमा पैसा राखेर जनतालाई अलमलमा पार्ने काम नगरियोस् ।’
शाहीले सरकारले मिटरब्याजी हरुलाई कारबाही गर्छु भनेतापनि वास्तविक मिटरब्याजी सरकार नै भएको भन्दै आक्रोश पोखे ।
प्रतिक्रिया