मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवतीको मृत्यु भएको छ । ६ महिना अघि मात्रै उच्च शिक्षा अध्ययनका अष्ट्रेलिया आएकी जेलुसा तेयून लिम्बु सोमबार आफ्नै कोठामा मृत फेला परेकी हुन् ।
सिड्नीको अर्बनमा बस्दै आएकी जेलुसाको हृदयघातका कारण भएको अर्बन नेपाली कम्यूनिटीका अध्यक्ष रबिन्द्र कुमार शर्माले केबीसीलाई जानकारी दिए । जेलुसाको शव अहिले अस्पतालमा राखिएको उनले बताए । पोष्टमार्टमदेखि आवश्यक सबै प्रक्रिया पुरा भएपछि परिवारको आग्रह अनुरुप जेलुसाको शव नेपाल पठाउने शर्माले बताए । यसका लागि आफूले एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङसँग कुरा गरिसकेको उनले बताए ।
जेलुसाको नेपाल घर धनकुटा हो । हाल उनको परिवार काठमाडौँको हात्ती गौडामा बस्दै आएको छ । एक्लो छोरी जेलुसाको निधनपछि लिम्बु परिवार यतिबेला शोकमा डुबेको छ । शव नेपाल पठाउन आर्थिक संकलनका लागि गोफण्ड मी संचालन गरिएको छ ।
अनुस्का लोहनीले संयोजन गरेको गोफण्डीमीबाट १५ हजार अष्ट्रेलियन डलर उठाउने लक्ष्य राखिएको छ । अहिलेसम्म उक्त ‘गो फण्डमी’मा लक्ष्य भन्दा बढी पैसा संकलन भएको छ । यो समाचार तयार पार्दासम्म १५ हजार एक सय ४६ अष्ट्रेलियन डलर जम्मा भएको छ ।
यो विपतको घडीमा लिम्बु परिवारलाई सहयोग गर्न इच्छुक व्यक्तिले यहाँ दिएको ‘गोफण्ड मी’ को लिंकमा क्लिक गरेर आर्थिक सहयोग गर्न सक्नुहुने छ ।
प्रतिक्रिया