कामठाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठको अर्काे भिडियो सार्वजनिक भएको छ । आइतबार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको भोलिपल्ट सोमबार उनले सोही प्रसंगमा कुराकानी गरेको अर्को भिडिओ टेप कपुरबोट टिभी मार्फत सार्वजनिक भएको हो।
ढाकाकुमारले दुर्गा प्रसाईंको सहयोगि यदु गौतमलाई फोन गरी आफूलाई बचाइदिन आग्रह गरेका छन् । यसतै आफूलाई ढाका कुमार श्रेष्ठको भाइ बताउने एक व्यक्तिले दुर्गा प्रसाईंलाई फोन गरी ढाका कुमारले भेट्न चाहेको भन्दै समय मागेका छन् ।
असअघिका अडियोमा ढाका कुमार श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै दुर्गा प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएलगत्तै रास्वपाले ढाका कुमारलाई पार्टीबाट निलम्बन गर्दै छानबिन सुरु गरेको छ ।
यस्तो छ उनीहरुबीचको सम्वादः
प्रतिक्रिया