कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी, खुला ३५ मा २५ जना देउवा पक्षका अगाडि !

कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी, खुला ३५ मा २५ जना देउवा पक्षका अगाडि !


काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । खुला केन्द्रीय सदस्यमा १५८९ मत गणना हुँदा शेरबहादुर देउवा प्यानल अगाडि देखिएको छ । ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा देउवा पक्षका २५ जनाले स्थान बनाएका छन् । देउवा प्यानलबाट उम्मेदवार बनेका दुईजना कृष्णप्रसाद सिटौला निकट नेता पनि ३५ नम्बरभित्र छन् ।
हालसम्म भएको मतगणनामा एनपी साउद, बालकृष्ण खाण, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, उदयशमशेर राणा, रामहरि खतिवडा, जिपछिरिङ लामा, गोपालमान श्रेष्ठ, गोविन्द भट्टराई, जितजंग बस्नेत, नैनसिंह महर, सुनील थापा, पद्मनारायण चौधरी, मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, कुन्दनराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, मोहन आर्चाय, वीरेन्द्र कुमार कनौडिया, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्य गरि २५ जना देउवा प्यानलका उम्मेदवार ३५ नम्बरभित्रै मत ल्याउन सफल भएका छन् ।
बाँकी १० जना शेखर कोइराला प्यानलका केन्द्रीय सदस्यका उम्मेदवारले ३५ नम्बरमा स्थान बनाएका छन् । कोइराला प्यानलका अर्जुननरसिंह केसी, रामशरण महत,बलबहादुर केसी, दिलेन्द्र बडू, दिपक गिरी, गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी गरी ९ जना ३५ नम्बरभित्र मत ल्याउन सफल भएका छन् । १३१३ मत ल्याएर पहिलो नम्बरमा मत ल्याएका शशांक कोइराला भने देउवा, शेखर र प्रकाशमान सिंह प्यानलका साझा उम्मेदवार थिए ।