कामठाडौँ ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन् । माओवादी परित्याग गरेर एमाले गएका भट्टलाई भेट्न प्रधानमन्त्री प्रचण्डको उनकै निवासमा पुगेका हुन् ।
कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार धनगढी विमानस्थलबाट सिधै भट्ट निवास पुगेर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले उनीसँग भेटवार्ता गरेका हुन् ।
धनगढी एयरपोर्टबाट प्रधानमन्त्री लेखराज भट्टको निवासमा पुग्दा पूर्वमन्त्रीसमेत रहेका लेखराज भट्ट, उनका भाइ गोकर्ण भट्ट, धर्मपन्तीसहितले स्वागत गरेका थिए। प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच वान टु वान वार्ता भएको छ ।
भट्टसँगको भेटघाटपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने, ‘यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ । यो घरको माथि एउटा कोठा छ, त्यहाँ म बस्थेँ,’ भट्टसँग , ‘त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर म आज यहाँ आएको हुँ । बाँकी कुरा लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भइहाल्यो ।’
भट्ट पहिले माओवादीमै थिए। नेकपाको एकीकरणबारे सर्वोच्च अदालतको आदेशपछि उनी एमालेमा लागेका नेता हुन् ।
प्रतिक्रिया