ब्रिस्वेन अष्ट्रेलिया ।
ब्रिस्वेनको चिसिँदै गएको मौसमलाई मंगोलियन हार्ट तताउने भएको छ । नेपालको पुरानो ब्यान्ड मंगोलियन हार्टले ब्रिस्वेनमा सि इभेन्टको आयोजनामा हुन लागेको नेपाली ‘न्यु इयर इभ राजु लामा’ नाम दिएको कार्यक्रममा सहभागी हुने भएपछि ब्रिस्वेनमा सांगीतिक माहौल तात्ने भएको हो ।
इसान एजुकेशन र स्पेन्सर कलेज टाइटल स्पोन्सर रहेको उक्त कार्यक्रम अप्रिल १३ तारिख द टिभोली ब्रिस्वेनमा हुन लागेको सि इभेन्टका अच्युत अधिकारीले जानकारी दिए । कार्यक्रममा नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा अष्ट्रेलिया टुरमा रहेको ब्यान्डले सांगीतिक प्रस्तुति दिने उनले जानकारी दिए । कार्यक्रमको मिडिया पार्टनर केबीसी अष्ट्रेलिया रहेको छ ।
साँझ ७ बजेबाट सुरु हुने उक्त कार्यक्रममा सहभागिताका टिकट सिमित रहेकाले समयमै आफ्नो सिट सुरक्षित गर्न उनले आग्रह गरे । कार्यक्रममा सहभागी हुन १८ वर्ष पुरा भएको फोटोसहितको प्रमाणपत्र आवश्यक गरिएको छ । टिकटका लागि यहाँ क्लिक गरेर पनि खरिद गर्न सकिने छ ।
नेपाली गीत संगीतलाई माया गर्ने ब्रिस्वेनवासीलाई उक्त कार्यक्रममा सहभागी भएर नेपाली कलाकारलाई थप हौसला प्रदान गरिदिन सि इभेन्टका अधिकारीले आग्रह गरेका छन् ।
३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।
‘मंगोलियन हार्टका बादलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ आदि गीतहरु चर्चामा छन् ।
प्रतिक्रिया