मेलबर्न, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले विभिन्न चार विधामा योगदान गर्ने सर्वोत्कृष्ट व्यक्तित्वहरुलाई अन्तर्राष्ट्रिय एवार्ड प्रदान गर्ने भएको छ । संस्थाको सन् २०२१/२३ को कार्यकालको करिब उत्तराद्र्धतिर यस्तो एवार्ड घोषणा गरिएको छ । खेलकद, शिक्षा, सामाजिक सेवा, संगीत/कला क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरुलाई मनोनयन गर्न एनआरएन अष्ट्रेलियाले सार्वजनिक अपिल गरेको छ । एनआरएन अष्ट्रेलियाले घोषणा गरेको अन्तर्राष्ट्रिय एवार्डको मनोनयन अवधि २१ अप्रिलसम्म बढाइएको छ । १२ अप्रिलसम्म तोकेर मनोनयन गर्न आह्वान गरिएको भएपनि समय कम भएको गुनासो आएपछि एनआरएन अष्ट्रेलियाले समय थप गरेको हो ।
संस्थाका अध्यक्ष नन्द गुरुगले केविसीखबरसँग आएका आवेदनमध्ये उत्कृष्टलाई छनोट गरी चार जना विजेता घोषित गर्ने जानकारी दिए ।यी विजेताहरुलाई ट्रफी, प्रमाणपत्रका साथै जनही एक लाख रुपैयाँ दिने पनि अध्यक्ष गुरुंगले जानकारी दिए ।
उनले भने, “अष्ट्रेलिया मात्र नभई नेपालसहित विश्वका कुनैपनि कुनामा रही यी विधामा योगदान गर्ने व्यक्तित्वहरुलाई तपाईंले मनोनयन गर्न सक्नुहुनेछ । हाम्रो छनोट मण्डलले तिमध्ये विभिन्न आधार तय गरी सर्वोत्कृष्ट छनोट गर्नेछ ।”
तपाई पनि कसैलाई मनोनयन गर्न चाहनुहुन्छ भने यो लिंकमा जानुहोस् – CLICK HERE >>
मनोनयनबाट आएका नामहरुलाई एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुंग, उपाध्यक्ष विष्णु चापागाईं, रेनुका लामा, दिपक बस्नेत र हरि खड्का सम्मिलित टोलीले मूल्यांकन गर्ने भएको छ । एवार्ड कमिटीको सल्लाहकारमा एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष केशव कँडेल रहनेछन् ।
एनआरएन अष्ट्रेलियाले यसअघि आफ्नो कार्यकालको अन्त्यमा अष्ट्रेलियाको समूदायमा योगदान दिएका व्यक्तिमध्येबाट केहीलाई विभिन्न एवार्ड प्रदान गर्दै आएको थियो । यसपटक भने अन्तर्राष्ट्रिय एवार्ड घोषणा गरिएको हो ।
प्रतिक्रिया