काठमाडौँ ।
दश दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्री एवं सरकार प्रवक्ता रेखा शर्माले कार्यक्रम सार्वजनिक गरेकी छन्।
सिंहरबारमा आयोजिक कार्यक्रममा सत्ता गठबन्धनका शीर्ष नेताहरू उपस्थित छन्।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको सहभागिता थियो । सरकारको साझा नीति तथा कार्यक्रम जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया