सरकारलाई पूर्णता दिन गठबन्धनभित्र सकस, शीर्ष नेताहरुलाई जिम्मेवारी

सरकारलाई पूर्णता दिन गठबन्धनभित्र सकस, शीर्ष नेताहरुलाई जिम्मेवारी


काठमाडौं, १० असोज । सत्तारुढ गठबन्धनको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेशको समस्या समाधान गर्ने र सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले अध्यादेशको समस्या समाधान गर्ने सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिइएको जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले जानकारी दिनुभयो ।

गठबन्धनको बैठकमा उपस्थित हुनुभएको यादवले गठबन्धनका शीर्ष नेतालाई परिणाम आउने गरी चाँडो समस्या समाधान खोज्नुस् भन्ने जिम्मेवारी बैठकले दिइएको बताउनुभयो । अबको एक–दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने र गठबन्धनलाई दीगो बनाएर लैजाने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । ‘मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, यसबारे निर्णय गर्ने अधिकारी शीर्ष नेताहरुलाई दिइएको छ,’ उहाँले भन्नुभयो । जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने माग गरिरहेको छ ।