काठमाडौँ ।
आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ । बारा-२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो ।
जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । तनहुँ १ बाट कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।
तनहुँ–१ मा एमालेबाट सर्वेन्द्र खनाल, नेमकिपाका रामप्रसाद प्रजापती र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर रानाको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया