कामठाडौँ ।
वैशाख १० गते हुने उपनिर्वाचनमा पूर्व कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने भएका छन् । चितवन चितवन–२ का स्थानीय वासिन्दासमेत रहेका पौडेलले उपनिर्वाचनमा रास्वपा सभापति रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका हुन्।
छोटो समयमा देशले रुपान्तरण खोजेकाले त्यसका लागि स्वतन्त्र पार्टीको समूह मात्रै सक्षम रहेको पौडेले बताएका छन् । ‘देशको रुपान्तरणका लागि ऊर्जावान व्यक्तिहरुको आवश्यकता छ। यसका लागि स्वतन्त्र पार्टीहरुको समूह भए मात्रै देशले निकास पाउँछ,’ उनले भने ।
चितवन–२ मा कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका कांग्रेस नेता पौडेलले १७ हजार बढी मत ल्याएका थिए। स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेपछि कांग्रेसले उनलाई कारबाही गरेको थियो।
मंसिर ४ को चुनावमा सभापति लामिछाने विजयी भएका थिए। सर्वोच्च अदालतले उनको नागरिकता खारेज गरिदिए पछि उक्त क्षेत्रमा सांसद पद रिक्त रहेको थियो ।
प्रतिक्रिया