काठमाडौँ ।
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (शुक्रबार) नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदै छ ।
दशरथ रङ्गशालामा नेपालले घरेलु समर्थक र मैदानको सहयोगमा उपाधि जित्ने लक्ष्य राखेको छ । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले पराजित गरेको थियो । जसमा अनन्त तामाङ र नवयुग श्रेष्ठले १–१ गोल गरेका थिए । दोस्रो खेलमा नेपालले खेलको अन्तिम मिनेटमा गोल गर्दै भुटानलाई १–१ को बराबरीमा रोक्दै अन्तिम दुई स्थान पक्का गरेको थियो ।
नेपालसँग पराजित लाओसले भुटानलाई २–१ ले हरायो । भुटान नेपालसँग बराबरीमा रोकिँदा लाओस अन्तिम दुईमा पुग्यो । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।
प्रतिक्रिया