रोटरी क्लब अफ मौन्टग्रवाट ब्रिस्वेनद्वारा काभ्रे बेथानचोकको बालहित प्राविलाई सहयोग 

रोटरी क्लब अफ मौन्टग्रवाट ब्रिस्वेनद्वारा काभ्रे बेथानचोकको बालहित प्राविलाई सहयोग 


ब्रिस्वेन अष्ट्रेलिया । 

रोटरी क्लब अफ मौन्टग्रवाट ब्रिस्वेनले काभ्रेपलाञ्चोक जिल्ला बेथानचोकस्थित ढुंखर्कमा रहेको बालहित प्रथामिक विद्यालयलाई सहयोग गर्ने भएको छ । क्लबले सहयोग गरेको रकम विद्यालयको पुस्तकालय तथा पूर्वाधार विकास खर्च गरिने क्लबका सदस्य मार्क अर्यालले जनाएका छन् । 

उनले कार्यक्रमको पहिलो चरण सुरु भइसकेको बताए। २०४६ सालमा स्थापना भएको विद्यालयमा ५५ विद्यार्थी पठनपाठन गरिरहेको प्रधानाध्यापक हुद्धराज तिमल्सिनाले बताए ।

विद्यालयका लागि आर्थिक संकलन गर्न मे ६ २०२३ मा ५८ किलोमिटर लामो पदयात्रा गरिने भएको छ । एक दिनमा हुने उक्त पदयात्रालाई ‘सनसाइन कोस्ट हिन्टरल्याड ग्रेट वाक’को नाम दिएको छ । उक्त प्रोजेक्टका संयोजक जेरी फिटजेराल्ड र सदस्य अर्याल रहेका छन् । 

उक्त अभियानमा सहभागिता गर्न इच्छुक व्यक्तिले मार्क अर्याललाई ०४१२२६७२५९ नम्बरमा सम्पर्क गर्न सकिने छ । अर्यालले विगत पाँच वर्षदेखि एवेरेस्ट वार्रीयर्स नामक संस्था मार्फत शारीरिक र मानसिक स्वास्थ्यको लागि ब्रिसवनेको सामुदायिक पदयात्रा संचालन गर्दै आएका छन् ।