काठमाडौँ ।
नेपाल प्रहरीको आइजिपीमा वसन्त कुँवर नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षक (एआईजी)मा कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए ।
उनीसँगै एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदका लागि प्रतिष्पर्धामा थिए ।कुँवरले एक वर्ष महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।
प्रतिक्रिया