काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको हो। जसमा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत रहेको छ। त्यस्तै, पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८.९८ प्रतिशत रहेको छ।
यसैगरी, अन्य लिङ्गीको संख्या दुई हजार ९२८ रहेको तथ्यांक कार्यालयले जनाएको छ। यो देशको जनसंख्याको ०.००१ प्रतिशत हो। यसअघि २०६८ सालमा भएको जनगणना अनुसार देशको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।
तथ्यांक कार्यालयले गत कात्तिक २५ देखि मंसीर ९ गतेसम्म जनगणना गरेको थियो।

प्रतिक्रिया